आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न सक्दैन : ओली


 


काठमाडौँ, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले देशको विकास गर्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताए ।

उर्वर भूमि अविकसित हुनु र जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक नभएको भन्दै ओलीले यस कुराका पछाडि शासकीय अयोग्यताबाहेक अरू केही नभएको बताए ।

उनले देशको विकास गर्न शान्ति र एकता अनिवार्य भएको भन्दै देश विकासका लागि विकास प्रेमी सरकार आवश्यक रहेको बताए । साथै उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा एमाले हिँडिरहेको समेत बताए ।

मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा को टोली आज १५ औँ दिनमा भोजपुरबाट धनकुटा पुग्दैछ ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्