केन्या जान अब कुनै पनि देशका नागरिकलाई भिसा नलाग्ने


 


काठमाडौँ, मंुिर २८ । केन्या सरकारले सबै विदेशी नागरिकका लागि भिसा आव्रयकता नहुने नीति लागू गरेको छ ।

केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो ।

राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरेका हुन् । यस कदमले पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए ।

केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कंगोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्