राय बाझिएपछि रोकिएको बालकृष्ण खाणको निवेदनको सुनुवाई आज


 


काठमाडौँ, मंसिर २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो ।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेसी तोकिएको हो ।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । सोही इजलासले खाणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्