सिम्रौनगढ झडप- प्रहरीको गोली लागेका एक जनाको मृत्यु


 


बारा, मंसिर २७ । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतको परिचय खुलि नसकेको जानकारी काफ्लेले दिए ।

नगर प्रमुख किशोरी साहको गाडीमा चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए ।

आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको एसपी काफ्ले बताए । उनका अनुसार आन्दोलनकारीको आक्रमणबाट प्रहरीका समेत १० जना घाइते भएका छन् ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्