बाराको सिम्रौनगढमा गोली चल्यो, एक जना घाइते


 


बारा, मंसिर २७ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा झडप भएपछि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीमाथि नै प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर एक जना घाइते भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको र उक्त व्यक्तिको नाम खुल्न नसकेको उनले बताए ।

उनका अनुसार प्रदर्शनकारीको ढुंगामुढाबाट १० जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्