मुख्यमन्त्रीहरुले संघीयताको गाँठो फुकाउन संघसँग छिनोफानो गर्ने, पुसमा भेला


 


पोखरा, मंसिर २७ । संघीयता कार्यान्वयनका सन्दर्भमा छलफल गर्न आगामी पुस १३ गते हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको छ ।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयन नभएको भन्द्यै त्यस विषयमा छिनोफानो गर्न बैठक बोलाइएको हो ।

संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो । विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो ।

६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ । त्यसको २ दिन अगाडि नै हेटौंडामा बैठक राखेर छिनोफानो गर्न लागेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्