टिकटक प्रतिबन्धविरुद्धको रिट आज पनि हेर्न नभ्याउनेमा


 


काठमाडौँ, मंसिर २६७ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च् अदालतमा दायर गरिएको रिट निवेदन आज (बुधबार) पनि हेर्न नभ्याउनेमा परेको छ ।

बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत १४ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा उनीहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्