कांग्रेसको शेखर–गगन पक्षको भेला सुरु, यी हुन एजेण्डा


 


काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुर भएको हो । भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापतिलगायतको सहभागिता छ ।

भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि लामो समयदेखि यो समूहको भेला हुन सकेको थिएन । गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्