किराँती भेषमा भोजपुर पुगे केपी ओली, ढोल झ्याम्टासहित स्वागत


 


भोजपुर, मंसिर २७। मङ्सिर १४ गते बैतडीबाट हिँडेको झुला घाट–चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा भोजपुर पुगेको छ ।

यात्रामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई भोजपुरको चखेवामा भोजपुरमा स्वागत गरिएको छ। किराँती पहिरनमा रहेका ओलीलाई स्थानीयले ढोल झ्याम्टा सहित बाजा गाजाले स्वागत गरिएको छ ।

पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाँउबाट सर्वसाधारण आएका छन् । ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको छ । स्वागत गर्न आएकाहरू आफ्ना जातीय पहिरन र भेष भूषामा सजिएका छन् ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्