वायु सेवा निगमका अधिकृत पक्राउ


 


काठमाडौं, मंसिर २६ । नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

पक्राउ गरेका पोखरेललाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको हो ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्