पहिचानवादीले देखाए कोशीका मुख्यमन्त्रीलाई कालो झण्डा


 


विराटनगर, मंसिर २६ । पहिचानवादीहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झण्डा देखाएका छन्।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले मंगलबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् ।

मुख्यमन्त्री कार्कीविरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी समेत गरेका थिए ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्