ओलीद्वारा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको अवलोकन


 


रामेछाप, मंसिर २६ । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गरेका हुन् । उनले निर्माण कार्यको जानकार लिए ।

ओली प्रधानमन्त्री हुँदा सुरु भएको सो आयोजना उनी नेतृत्वको सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ ।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्