प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी समात्यो


 


काठमाडौं, मंसिर २६ । प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारी अविनाश राईलाई पक्राउ गरेको हो ।

प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाएर उनलाई पक्राउ गर्नुपरेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उनका अनुसार राईको साथबाट आइस ड्रग बरामद गरिएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनको दाहिने खुट्टामा गोली लागेको छ भने राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि १५ कात्तिकमा पनि गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्