अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी, कसलाई कहाँ ?


 


काठमाडौं, मंसिर २६ । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ ।

महालेखा शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरमा खटाइएको छ भने सहसचिव अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा गरिएको छ ।

पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ भने सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्