संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ


 


विराटनगर, मंसिर २६ । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको बताए । । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।

प्रहरीले एमाले कार्यक्रममा अवरोध हुन सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्