‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प’


 


काठमाडौँ, मंसिर २६ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकले आन्दोलनको विकल्प नभएको भन्दै पार्टीको तर्फबाट आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

त्यसका लागि मेची महाकाली जनजागरण यात्रा गर्ने, युवा दस्ताको तयारी गर्ने, विभिन्न चरणमा प्रशिक्षण सञ्चालन गर्ने, जनताको माझमा राप्रपा नेपाल अभियान सञ्चालन गर्नुका साथै राजधानी केन्द्रित प्रदर्शन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको दाबी गर्दै राप्रपा नेपालले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धि सहितको परिवर्तन नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ ।

आन्दोलनलाई सफल तुल्याउन राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी सबैको एउटा साझा “वृहत् राष्ट्रिय मोर्चा” निर्माणको लागि राप्रपा नेपालले प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्