यू-१९ एसिया कप : नेपालले टस हार्यो, ब्याटिङको निम्तो


 


काठमाडौं, मंसिर २६ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि विशाल जित निकाल्न आवश्यक छ । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ ।

यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ । नेपालको नेटरनरेट माइनस २.०२४, भारतको ०.४५४ र अफगानिस्तानको ०.२०३ छ ।

नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन । पाकिस्तानसँग १ सय ५२ र अफगानिस्तानसँग १ सय ८८ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्