एमालेको संकल्प यात्रा : आजबाट कोशी प्रदेश प्रवेश


 


काठमाडौं । यतिबेला नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका थिए ।

उक्त यात्रा मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज मंगलबारबाट यात्रा कोशी प्रदेश प्रवेश गरेकाे छ ।

आज रामेछापको मन्थलीबाट प्रस्थान बिन्दु बनाएको संकल्प यात्राको टोली खोटाङको सदरमुकाम दिक्तेल पुगेर बास बस्नेछ । आजको यात्रा करिब १५७ किलोमिटरको दूरी रहेको एमालेले जनाएको छ ।

घुर्मी, खुर्कोट, फिक्कल, हलेसी, हर्कपुर लगायतका ठाउँमा भेटघाट तथा सभाहरु हुने एमाले संकल्प यात्राको टोलीले जनाएको छ ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ।

यस यात्रा मार्फत एमालेले मध्यपहाडको जनजीवनका समस्या,विकास निर्माणको अवस्था,बढ्दो बसाँइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्