प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल


 


बेइजिङ । चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई ५ वर्षको जेल सजाय सुनाइएको हो ।

सन् १९६४ मा जन्मेका ली शुलिनलाई फालुन गोङ आस्था मानेको आरोपमा यसअघि प्रहरीले तीन पटक पक्राउ गरिसकेको थियो । उनलाई पुनर्शिक्षा केन्द्रमा लगेर कुटपिट एवम् यातना दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ली शुलिनसँगै उनकी श्रीमती वाङ लिजुआनलाई प्रहरीले गत जनवरीमा पक्राउ गरेको थियो । नयाँ वर्षको समयमा फालुन गोङको प्रचार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र प्रहरीले उनीहरुको घरबाट पैसा, व्यक्तिगत सरसामान र किताबहरु जफत गरेको बताइएको छ ।

पछि रिहा गरिएपनि उनीहरु मार्चमा फेरि बेपत्ता भएका थिए । उनीहरुलाई सजाय सुनाइएको बारे गत नाभेम्बरमा मात्रै आफन्तहरुलाई जानकारी दिइएको थियो । पछिल्लो समय चीनमा मुसलमान, इसाई, फालुन गोङजस्ता आस्था मान्नेहरुमाथि चरम दमन भइरहेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्