राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँच दल दर्ता


 


काठमाडौं, मंसिर २५ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँच वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

आयोगले दिएको दल दर्ताको समयावधिको दोस्रो दिनसम्म पाँचवटा दलले दल दर्ता गराएका हुन् ।

दल दर्ता गराउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनमत, नेपाल मजदूर किसान पार्टी छन् ।

प्रमुख पार्टी काँग्रेससहित अन्य पार्टी हालसम्म दर्ताका लागि आएका छैनन् । दल दर्ताका लागि मंसिर २९ गतेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्