शेखर काेइरालाले बोलाए बैठक, गगन थापा नजाने


 


काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् ।

नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायतलाई छलफलमा बोलाएका हुन् ।

तर उक्त बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् ।

महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले उनी अनुपस्थित हुने बताएका छन् ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्