कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, यी हुन् तीन एजेण्डा


 


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक यही मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा बस्नेगरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयका सम्बन्धमा छलफलका प्रस्ताव रहेका छन् ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्