अभियान्ता ईः अब ललितपुर महानगरपालिकामा गएर उभिने


 


ललितपुर, मंसिर २५ । फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गर्दै अभियान्ता ईः ले १०८ घण्टा उभिने भएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णयमा पुनर्विचार गर्न आह्वान गर्दै गर्दै ललितपुरमा गएर १०८ घण्टा उभिएर विरोध गर्ने जानकारी दिएका हुन् ।

ईः ले महानगरपालिकाको निर्णयविरूद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिने जानकारी दिएका छन् । मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

उनले यसअघि काठमाडौँ महानगरपालिकाविरूद्ध राष्ट्रिसभा गृहअगाडि ११९ घण्टा उभिएर विरोध जनाएका थिए । सो विरोधपछि अभियान्ता ईः र महानगरपालिकाबिच असोज १० गते तीन बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्