कांग्रेस सांसदसँग जोडिएको कम्पनीमा आयकर विभागको छापा, ३५१ करोड बरामद


 


काठमाडौँ । भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेको छ । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडमा विभागले छापा मारेर ३५१ करोड रुपैयाँ नगद बरामद गरेको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ।

यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेशनमा बरामद गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै नगद हो । यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारको रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । तर, साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ मा छापा मारेका थिए।

पीटीआईका अनुसार नोटहरू गणना गर्ने काम सकिएको छ र कुल ३५१ करोड रुपैयाँ नगद जफत गरिएको छ। उक्त नोट गणना गर्न आयकर विभाग र विभिन्न बैंकका करिब ८० जनाको नौ टोलीले २४ सै घण्टा काम गरेका थिए । नोट बोक्न २ सय वटा ब्याग र ट्याकंको प्रयोग गरिएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्