बंगलादेशमा प्रहरी हिरासतमा रहेका विपक्षी दलका ५ नेताको मृत्यु


 


एजेन्सी । बङ्गलादेशमा पछिल्लो २ हप्तामा प्रमुख विपक्षी दलका ५ जना नेताको कारागारमा ज्यान गएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आउँदो जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार गरेको छ । त्यो चुनावबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।

बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला ५ हप्तामा उसका सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ ।

प्रहरीले बीएनपीको गिरफ्तारीको तथ्याङ्कलाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्