प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा


 


काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

गजुरेलले मंसिर २० गर्ने नै राजीनामा दिएको बताइएको छ । तर उनको राजीनामा अहिलेसम्म पनि स्वीकृत भइसकेको छैन ।

उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । उनले राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गर्ने बताए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्