ध्रुवे हात्ती फेरि गाउँ पस्न थाल्यो, प्राविधिक टोली परिचालन


 


चितवन, मंसिर २४ । जङ्गली ध्रुवे हात्ती फेरि बस्तीमा प्रवेश गर्न थालेको छ । हात्ती बस्तीमा प्रवेश गर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलर जडान गर्ने भएको छ ।

वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ । हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ ।

यसलाई रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने छ । यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको तिवारीले बताए । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्