एनसेल खरिद बिक्री सम्बन्धनको रिट हेर्न नभ्याइने सूचीमा


 


काठमाडौं, मंसिर २४ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाको शेयर खरिद बिक्रीका सम्बन्धमा दायर गरिएको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको पेशी हेर्न नभ्याइनेमा परेको हो ।

सांसद अमरेश कुमार सिंहले गत शुक्रबार सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र ठूला करदाता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सांसद सिंहले सार्वजनिक रुपमै एनसेल आजियाटाको शेयर खरिदबिक्री सम्बन्धमा आर्थिक चलखेल भएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्