भारतीय कारबाट १५ किलो अवैध गाँजा बरामद, तीन जना फरार


 


धनकुटा, मंसिर २४ । धनकुटाबाट प्रहरीले भारतीय नम्पर प्लेटको कारबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब १५ किलो गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।

कारमा सवार चालकसहित तीन जना प्रहरीलाई देखेपनि फरार भएपछि ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा उक्त गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।

हाल फरार उनीहरूको प्रहरीले खोजी गरिरहेको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्