दुई किलो सुन प्रकरण : एकजना चिनियाँ नागरिक पक्राउ


 


काठमाडौँ, मंसिर २४ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिक चेन झिउइलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता ९एसपी० रवीन्द्र रेग्मीले बताए ।

बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको हो ।

रसुवाबाट सुन लिएर आउँदै गरेका रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेललाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्