मलेसियाद्धारा नेपाल सामु १५४ रनको लक्ष्य प्रस्तुत


 


काठमाडौं, पुस ३

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाललाई मलेसियाले एक सय ५४ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाउँदा अलआउट भयो ।

नेपालका नेपालका आदिल खानले तीन तथा कप्तान सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । यस्तै रोहित पौडेल र शुभांकर उराउले एक एक विकेट लिए ।

मलेसियाका विरानदिप सिंहले ७५ तथा मुहम्मद हासिफले २१ रन बनाए । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि यो प्रतिष्ठाको खेल हो ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग एक रन तथा भारतसँग ६ विकेटले हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ । मलेसियाले पनि यसअघिका दुवै खेलमा हार व्यहोरेको छ । मलेसिया भारतसँग दुई सय ३५ रन तथा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्