सामूहिक भोजपछि एकजनाको मृत्यु, १८ जना अस्पताल भर्ना


 


लमजुङ, मंसिर २४ । लमजुङमा को सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका वडा नम्बर ९ बस्ने देवी परियारको मृत्यु भ्रएको हो ।

उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । १८ जना अस्पताल भर्ना भएका छन् ।

सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ ।

भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ ।

शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए ।

अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको अस्पताले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्