लोसपामा राजेन्द्र महतो असन्तुष्ट, आजको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने


 


काठमाडौं, मंसिर २४ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा १२ बजे बस्न लागेको बैठक वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने भएका छन् ।

अध्यक्ष महन्थ ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याइसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले बताए ।

महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने महासचिव केशवकुमार झाले जानकारी दिए।

आजको बैठक यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्