राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्ने


 


काठमाडौं, मंसिर २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले राजसंस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित आन्दोलन गर्ने भएको छ ।

राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको निकाल्दै राप्रपाले आन्दोलन गर्ने जनाएको हो ।

प्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा जाने प्रस्ताव पारित गरेको छ ।

‘राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।

राप्रपाले पुस १, २ र ३ गते बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्