अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ


 


काठमाडौँ, मंसिर २१ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपानेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्