संसद सचिवालयका कर्मचारीमाथि सहकर्मीबाटै हातपात


 


काठमाडौं, मंसिर २१ । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि सहकर्मीबाटै हातपात भएको छ ।

संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको बताइएको छ ।

एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै गैरेले तण्डुकारलाई झापड हानेको स्रोतले जनायो ।

यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्