प्रहरीबाटै एक बोतल पानीको ४० रुपैयाँ लिएपछि…


 


काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजासंगैका पसलेले बुधबार ट्राफिक प्रहरीबाट दुई बोतल पानीको ८० रुपैयाँ लिएका थिए ।

ट्राफिक प्रहरीको उजुरीका आधारमा महानगरको टोलीले पसल सञ्चालक सुजन गोठलाई समातेर महानगर कार्यालयमा पुर्‍याइएको थियो ।

१५ देखि २० रुपैयाँको पानीलाई ४० रुपैयाँ लिएको पाइएपछि महानगरले जरिवाना गरेको महानगर प्रहरीले जनाएको छ ।

नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्