सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय


 


काठमाडौं, मंसिर २१ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिग्देल रथी भएसँगै उनी यसपछि प्रधान सेनापति हुने टुंगो लागेको छ ।

सिग्देल २०७६ असोजमा उपरथी भएका थिए ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्