चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने


 


काठमाडौं, पुस ३
चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने बताएको छ ।

अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो ।

अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूहरुको ड्रोन चोरेको ट्वीट गरे पछि भने चीनीया अधिकारीहरुले आक्रोस व्यक्त गरेका थिए ।

चीनीया रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले उक्त ड्रोन राम्रो तरीकाले फिर्ता हुने बताए ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्