भारतमा ‘मिचाउङ’ चक्रवात : पाँचजनाको मृत्यु, १५० उडान प्रभावित


 


काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ ।

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । यस्तै वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ । जसका कारण उडान र अवतरण रोकिएको छ ।

विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्