सोमालियामा बाढी : सय जनाको मृत्यु, ७ लाख ५० हजार घरबारविहीन


 


एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने करिब सात लाख ५० हजार मानिस घरबारविहीन बनेका छन् ।

मुसलधारे वर्षा, बाढी र डुबानका कारण दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हिर्शाबेल र जुबाल्याण्डका साथै बनादिर क्षेत्रका अधिकांश मानिस प्रभावित भएका छन् ।

‘विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,’ राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले लाखौं सोमालियालीहरू भोकमरी र कुपोषणसँग जुधिरहेको र यस वर्षको अगस्टदेखि सन् २०२४ को जुलाईसम्ममा पाँच वर्षमुनिका अनुमानित १५ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्