अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै


 


इस्लामावाद । अवैध रुपमा हुने व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउने गरेको पाइएको छ । न्यूज इन्टरनेशनलको समाचारअनुसार पाकिस्तानमा एसिया महादेशकै सबैभन्दा धेरै अवैध व्यवसाय हुने गरेको छ । यसबाट पाकिस्तानको औपचारिक क्षेत्रमा नराम्रो असर परेको समाचारमा जनाइएको छ ।

पाकिस्तान बिजनेश काउन्सिल (पीबीसी) का अनुसार पाकिस्तानमा तस्करी, न्यून बिजक दर्ता, गलत आयात घोषणा, जालसाजीजस्ता गतिविधिको समग्र लागत ६८ अर्ब डलर अर्थात् कुल औपचारिक अर्थतन्त्रको २० प्रतिशत रहेको छ ।

पाकिस्तानमा कारको दायराबाहिर सञ्चालन हुने तर नियमन आवश्यक पर्ने अनौपचारिक अर्थतन्त्र त्यहाँको औपचारिक अर्थतन्त्रकै हाराहारीमा रहेको बताइन्छ । यसअनुसार पाकिस्तानमा हुने अवैध व्यवसाय त्यहाँको कूल अर्थतन्त्रको १० प्रतिशत हुन आउने पीबीसीको प्रतिवेदनमा जनाइएको छ ।

न्युज इन्टरनेशनलको समाचारअनुसार अवैध व्यवसायका कारण पाकिस्तानमा ८० खर्ब पाकिस्तानी रुपैयाँबराबरको राजश्व घाटा हुने गरेको छ, जुन आर्थिक वर्ष २०२३–२४ को कुल राजश्व लक्ष्यको ८५ प्रतिशत हो ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्