भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास


 


नयाँ दिल्ली । भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ । भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन् ।

‘पूर्वी आकाश’ नाम दिइएको यो सैन्य अभ्यास इस्टर्न एयर कमाण्ड (ईएसी) ले ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस अभ्यासले इस्टर्न एयर कमाण्डको सैन्य तयारी क्षमतालाई दर्शाएको एएनआईले जनाएको छ ।

यस अभ्यासका क्रममा ‘सुदर्शन’ एस ४०० हवाई प्रतिरक्षा प्रणाली पनि सम्मिलित रहेको एएनआईले जनाएको छ । वायुसेनाको अभ्यासमा अत्याधुनिक प्रविधिको एस ४०० हवाई प्रतिरोधी प्रणाली, रफायल तथा तेजस लडाकु विमानका साथै प्रचण्ड लडाकु हेलिकोप्टर पनि समावेश थिए ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्