बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ


 


बेइजिङ । बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा एक जना तिब्बती बौद्ध भिक्षु पक्राउ परेका छन् ।

चीनको गान्सु प्रान्तमा रहेको टासी गुम्बाका भिक्षुलाई आफ्नो क्षेत्रबाहिरका मानिससँग सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको हो ।

रेडियो फ्रि एसियाका अनुसार बौद्ध भिक्षु कुन्चोक दाक्पालाई अक्टोबर महिनाको पहिलो साता थेवो काउन्टीबाट पक्राउ गरिएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यद्यपि उनलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

उनले यसअघि भारतको धर्मशालामा रहेको कीर्ति गुम्बा पुगेर अध्ययन गरेका थिए । कीर्ति गुम्बा निर्वासित तिब्बती नेता दलाई लामा र निर्वासित तिब्बती सरकारको प्रमुख स्थान मानिन्छ ।

उनलाई यसअघि पनि चिनियाँ अधिकारीहरुले बारम्बार पक्राउ गरी सोधपुछ गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्