क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै


 


नयाँ दिल्ली । विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ ।

गत बुधवार जारी भएको क्यूएस एशिया युनिभर्सिटी र्‍याङ्किङ २०२४ मा चीनका १३३ विश्वविद्यालय परेका छन् । सूचीमा ३७ वटा भारतीय विश्वविद्यालयले पहिलो पटक प्रवेश पाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतका ७ विश्वविद्यालय शीर्ष १०० मा परेका छन् । यसअनुसार आईआईटी बम्बई ४० औँ स्थानमा रहेको छ । क्यूएसले जारी गरेको सूचीमा २५ एसियाली मुलुकका ८५७ विश्विद्यालयहरु रहेका छन् ।

भारतको वर्तमान सरकारले सन् २०२० बाट लागू गरेको नयाँ शिक्षा नीति (एनईपी) का कारण पछिल्लो समय भारतीय विश्वविद्यालयहरुको गुणस्तर तथा विश्वसनीयता बढदै जान थालेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्