सुनको मूल्य घट्यो, चाँदी बढ्यो
काठमाडौं, मंसिर १५। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार