मुस्ताङका पूर्व राजा बिष्टकाे निधन


 


काठमाडौं, पुस १

मुस्ताङका पूर्व राजा जिग्मे पर्वल विष्टको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो ।

काठमाडौंको बौद्धमा परिवारसहित बस्दै अाएका ८६ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या थियो ।
उनलाई निमोनियाले च्यापेको र मुटुले काम छोडेकाले बचाउँन नसकिएको ओम अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार पूर्व राजा जिग्मे पर्वल विष्टको राति १२ बजेर ५० मिनेट जाँदा निधन भएको हो । विसं २०६२/०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय थिए ।

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट नागरिकका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्