क्रिकेटको तीनवटै फर्म्याटको बरियतामा भारत अग्रस्थानमै
काठमाडौँ, मंसिर १० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ ।
जसमा भारतको अग्रता कायमै छ । विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्र्याटमा अग्र स्थानमै थियो ।
आइसीसीका अनुसार भारत २६५ अङ्कका साथ टी ट्वान्टी र्याङ्किगमा शीर्ष स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड २५९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै न्यूजिल्यान्ड २५५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया २५२ अङ्कका साथ चौथो र पाकिस्तान २५१ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।
यस्तै एक दिवसीय क्रिकेट र्याङ्किगमा भारत १२१ अङ्कका साथ पहिलो, अस्ट्रेलिया ११७ अङ्कका साथ दोस्रो, दक्षिण अफ्रिका ११० अङ्कका साथ तेस्रो, पाकिस्तान १०९ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०२ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।
आइसीसीका अनुसार टेस्ट र्याङ्किगमा भारत ११८ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । ११८ अङ्क रहे पनि रनरटेको आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ ।
यस्तै इङ्ग्ल्यान्ड ११५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १०४ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार