स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा हटायो
काठमाडौं असार १
स्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा हटाएको छ। वैशाख १५ गतेदेखि उसले नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने व्यवस्था गरेको थियो। स्काइपबाट विदेशमा पनि सित्तैमा फोन गर्न सकिन्थ्यो।
डेढ महिनापछि स्काइपले सो सेवा हटाएको हो। भूकम्पपछि आफन्तलाई कुरा सूचना आदान प्रदान गर्नका लागि उसले सो सेवा सुरु गरेको थियो।
फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनुपर्ने र रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि उसले कुराकानी गर्न सकिने व्यवस्था मिलाएको थियो । फोन गर्नेको नम्बर नजाने र प्राइभेट नम्बर भनेर आउँदा सुरक्षाका हिसावले यो निकै जटिल थियो।
प्रकाशित मिति: १ असार २०७२, मंगलबार