चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ


 


रोम । चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ परेका छन् ।

इटालीको उत्तरी पियाचेन्जा सहरका अभियोजनकर्ताहरुले पक्राउ पर्नेमा फिन्टानिल तस्करी गर्ने गिरोहका ५१ वर्षीय नाइकेसमेत रहेको द स्ट्रेट टाइम्सले जनाएको छ । उनले चीनबाट उक्त लागूऔषध खरिद गरी अमेरिकी खरिदकर्तालाई बिक्री गर्दै आएका थिए ।

फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीका क्रममा ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि एक जना युक्रेनी अरोपी भने फरार रहेको जनाइएको छ ।

त्यसैगरी, अमेरिकमा पनि फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीमा अन्य ११ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २ केजी फन्टानिलसमेत बरामद गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्छिल्लो समय अमेरिकामा यस लागूऔषधको दुव्र्यसनबाट हुने मृत्युदर ह्वात्तै बढेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्र (सीडीसी) को तथ्यांकअनुसार सन् २०१६ देखि सन् २०२१ सम्म यस लागूऔषधका कारण हुने मृत्युदर तीन गुणाले बढेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्